एजेन्टले नेपालबाट दुबैमा काम लगाईदिने भनि लगिएका कामदार अलपत्र

नारायण जोशी । तीन साता अघि नेपालबाट दुबैमा काम लगाईदिने भनी कैलालीका पाँच जना कामदारलाई अलपत्र अवस्थामा छोडी एजेन्टहरु सम्पर्क बिहिन भएका छन । बढ्दो बेरोजगारीका कारण नेपालबाट प्रदेश हिंडेका कृष्ण पार्की, मनोज पार्की ,भरत ताम्राकार र राजिव ताम्राकारलाई अलपत्र पारी एजेन्टहरु सम्पर्क बिहिन भएका जनाइएको छ ।

एजेन्टहरु मेघराज गिरि, ललित खड्का, तेज कोलीको मिलेमतोमा प्रत्येक व्याक्तिबाट २ लाख ५० हजारका दरले रकम असुल गरि दुबै पुर्याएको बताइएको छ । त्यहाँ पुगिसकेपछि पासपोर्ट सहित सम्पुर्ण कागजातहरु एजेन्टले राखी उनिहरुलाई केहिदिन होटेलमा खान र बस्न दिएको र पछि करिव एकहप्ताको म्याद दिई अब तपाईंहरुलाई भोलिदेखि काम हुन्छ भन्दै झुटो आश्वासन दिई अन्तमा पाछी आफू नै सम्पर्क विहिन रहेको जानकारी कृष्ण पार्किले दिए ।

‘यसरी एक हप्ता पश्चात् होटलबाट निकाली दिएपछि हामीहरूलाई खान वस्न पनि निकै समस्या परेको छ र अहिले रोडको सडक पेटीमामा दिन रात बितेको छ ।’ पार्कि भन्छन्, ‘साथै नेपाल फर्कन सक्ने वातावरणमा तय गरिदिन हुन सरोकारवाला पक्ष अथवा सामाजिक अभियान्ता ज्युहरु संग सहयोगको अपिल गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist