नेपालको कम्युनिष्ट आन्दोलन अग्रगमनको दिशामा अगाडि बढनुपर्छ: नेता साह

तराई दैनिक // सर्लाही जिल्लाका प्रभावशाली युवा नेता चन्द्र भुषण साहले नेपालको कम्युनिष्ट आन्दोलन निरन्तर अग्रगमनको दिशामा अगाडि बढनुपर्ने कुरामा जोड दिएका छन ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले तत्कालीन दुई दल मिली बनेको नेपाल कम्युनिस्ट पार्टी (नेेकपा) को एकता नामाकरणको प्राविधिक कारणले गर्दा शुन्यतामा गई साविकका दुवै दल नेेकपा (ऐमाले) र नेकपा (माओवादी केन्द्र) पुरानैं अवस्थामा फर्केको भएतापनि व्यवहारिक, वैचारिक, सांगठनिक एवं वैज्ञानिक रुपले यो विषय किमार्थ उचित हुननसक्ने युवा नेता साहको जिकिर छ ।

समय सदैव अगाडि बढ्छन् । समयलाई रोक्ने वा पछाडि धकेल्ने कुरा विज्ञान विरोधी हो । नेकपाको हैसियतमा लगभग तिन वर्ष संगसंगै अगाडि बढिसकेको सहयात्रा फेरी शुन्यताकैं अवस्थामा यानेकी जस्ताको त्यस्तै पुरानैं अवस्थामा फर्किने कुरा दिनलाई दिउसैं रात बनाउँछु भन्ने जस्तै हो ।

“अहिले आएर तत्कालीन नेेकपा (ऐमाले) र नेकपा (माके) फेरी पुरानैं सार र स्वरूपमा पछाडि फर्कनु भनेको पश्चगमन हो । त्यसैले, नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनको संशलेषणलाई नयाँ उचाईका साथ अग्रगमनको दिशामा निरन्तर अगाडि बढाउन अपरिहार्य छ ।” नेता साहले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist