संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील

तराई दैनिक //नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधान नै धरापमा परेको आरोप लगाउनुभएको छ ।

उहाँहरुले लेख्नुभएको छ, ‘तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ । अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ ।’

प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धी समाप्त हुने दिशातर्फ अघि बढेको भन्दै दाहाल–नेपालले संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक सडकमा उत्रन अपील गर्नुभएको हो ।

देशमा क्रमशः स्थापित हुँदै गएको स्थिरता, शान्ति र लोकतन्त्रको जगमै प्रहार गर्ने तथा नागरिकका मौलिक हक समाप्त पार्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरिएको भन्दै उहाँहरुले भन्नुभएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई परास्त गरेर मात्र देशको लोकतन्त्र जोगिने छ, राष्ट्रियता बलियो हुनेछ । त्यसैले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अभियानलाई साथ दिन आम नेपाली समक्ष हाम्रो हार्दिक अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist