राजकुमार यादव
मौलापुर नगरपालिका वडा नं. ३ गम्हरियामा ट्याक्टरको ठक्करबाट विहिवार साँझ एक महिलाको मृत्यु भएको छ ।
मौलापुर नगरपालिका ३ स्थित नौलाखा गेट भन्दा १०० मिटर भित्र गम्हरिया जानेबाटोमा गम्हरिया बस्ने अन्दाजी ४५ वार्षिय सिता देवी साह कानुको प्रदेश २ -०३-००१ त ३५२४ नम्बरको ट्याक्टरको ठक्करबाट महिला साहकी घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी उपरिक प्रवेश कार्कीले जानकारी दिनुभयो ।
विरामी रहेकी सिता देवी साहले उपचार गराउन मौलापुर जाने क्रममा सो दुर्घाटना भएको हो । ट्याक्टर र ट्रेक्टर धनी रामइश्वर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने ट्याक्टर चालक फरार रहेका मौलापुर ईलाका प्रहरी कार्यालयले जनकारी दिए ।










