– रविन्द्र प्रजापति
काठमाण्डौं स्थित धन्यवाद पार्टी प्यालेसमा नेपाल प्रजापति संघले नयाँ वर्षको अवसरमा स्वागत सहितको सम्मान एवं शुभकामना अदान प्रदान कार्यक्रम सम्पन गरेको छ ।
प्रजापति संघका केन्द्रिय कार्यालय द्वारा आयोजित कार्यक्रममा मेडिकल व्यवसाय , डक्टर , इन्जिनियर तथा कानुन क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरु उक्त संघमा प्रवेश गरेका छन् । दर्जनोको सख्यामा प्रवेश गरेका नवप्रवेशी हरूलाई कार्यक्रमका प्रमुख अतिथि एवं संघका केन्द्रिय अध्यक्ष रामानन्द पंडितले नयाँ वर्ष २०८२ को शुभकामना प्रदान गर्दै स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पंडितले प्रजापति संघले पछिलो समय देखी हाल सम्म समाजिक क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको बताए । संघले शिक्षा क्षेत्रमा आफ्नो समुदायका विभिन्न स्तरका बालबालिकाहरुलाई उर्जा दिन विभिन्न किसिमका कार्यक्रम आयोजना गरेको बताए । त्यस्तै कुम्हार समुदायका नागरिकहरुलाई आफ्नो पेसागतमा यथावत रहेर बालबालिका हरुलाई शिक्षामा अगाडी बढाउन वहाँले जोड दिनुभयो ।










