२०८२ माघ ६ सोमबार

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतीय विद्युतमन्त्री काठमाडौ आइपुगे

काठमाडौँ, । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौँ आइपुग्नुभएको छ ।उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मंगलबार विहान ९ बजे काठमाडौँ आइपुग्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत स्वागत गर्नुभएको थियो ।

दुईदिने नेपाल भ्रमणका लागि नेपाल आउनुभएका मन्त्री खट्टर आजै दिउँसो भारतले संखुवासभाको अरुण नदीमा निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

उहाँ आज साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

भारतका विद्युतमन्त्री खट्टरले भोलि विहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मुक्तिनाथबाट काठमाडौँ फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

पशुपति दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।