२०८२ माघ ६ सोमबार

जसपा नेपालको बारा कार्यसमितिमा रमेश कुमार यादव निर्वाचित ।

तराई दैनिकजनता समाजवादी पार्टी नेपालको प्रथम बारा जिल्ला अधिवेशनले प्रत्यक्ष निर्वाचनबाट नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्ष पदमा पचरौता नगरपालिकाका पूर्व मेयर रमेश कुमार यादवले प्यानल सहित निर्वाचित भएका छन् ।


सिद्धेश्वर उच्च माध्यमिक विधालयमा शानिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको थियो भने आइतबार विहान ९ बजे देखी मतगणना सुरु भएको थियो। निर्वाचनमा कुल मतदाता संख्या ४ सय ७९ रहेकोमा ४ सय ७२ मत मात्र खसेको थियो। रमेश कुमार यादवले २ सय ६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धर्मवीर यादवले १ सय ७५ मत प्राप्त गरे ।

५७ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा यादव, उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह , पुनम देवी कुशवहा , सचिव शम्भु कुमार गुप्ता , उप-सचिव सिकेन्द्र दास , नन्दन गुप्ता , कोषाध्यक्ष विनोद प्रसाद यादव , निर्वाचित भएका हुन् । यही बैशाख १३ र १४ गते कलैया स्थित जानकी हलमा चलेको अधिवेशनलाई जसपा नेपालका राष्ट्रिय उपाअध्यक्ष राजकिशोर यादवले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।