२०८२ चैत्र १ आईतवार

गढीमाई नगरपालिकाको १२औं नगरसभा सम्पन्न, ५४ करोड बढीको बजेट पारित ।

रौतहट जिल्लाको गढीमाई नगरपालिकाले शनिबार शान्तिपूर्ण वातावरणमा १२औं नगर सभा सम्पन्न गरेको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल बजेट ५४ करोड ९१ लाख ७२ हजार एक सय आठ रुपैया पारित गरिएको छ।

पारित बजेटमध्ये पुँजिगत खर्चतर्फ रु १९ करोड १५ लाख ४९ हजार र चालु खर्चतर्फ रु ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपैया विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। सभामा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका प्राथमिकता क्षेत्रमा बजेट केन्द्रित गरिएको जानकारी नगरपालिकाले दिएको छ।

नगर प्रमुख यादवले आगामी वर्षमा नगरका विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सबै जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूलाई सहकार्यका लागि आग्रह गरे।

उक्त नगर सभामा उपनगर प्रमुख स्मिता कुमारी यादव , १ देखी ९ वडा वडाध्यक्ष , वडा सदस्य नगरपालिका कर्मचारी, सुरक्षकर्मी, नागरिक समाज, विभिन्न पार्टीका प्रतिनिधिज्यूहरु, पत्रकारको बाक्लो उपस्थित रहेको थियो ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।