२०८२ चैत्र १ आईतवार

रौतहटमा तीन वर्षपछि ऐतिहासिक जिल्ला सभा सम्पन्न, विभिन्न कार्यविधि र प्रस्तावहरू पारित ।

राजकुमार यादव
रौतहट जिल्लाको ऐतिहासिक जिल्ला सभा जिल्ला समन्वय समितिको आयोजनामा आज सु-सम्पन्न भएको छ। सभा जिल्ला समन्वय समिति (जिसस) का प्रमुख रामअयोध्या राय यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाका अध्यक्ष यादवले मन्तव्य दिँदै नीति, नियम तथा कार्यक्रम प्रस्तुत गर्न जिल्ला सभाका सचिव एवं जिल्ला समन्वय अधिकारीलाई अनुरोध गर्नुभयो। सोही अनुरूप जिल्ला समन्वय अधिकारी अमित कुमार यादवले नीति तथा कार्यक्रम वाचन गर्दै बैठकका एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो।

जिल्ला सभामा प्रस्तुत ७ वटा एजेन्डामाथि उपस्थित १८ वटा पालिकाका नगर प्रमुख र उपप्रमुखहरूले आ–आफ्ना मन्तव्य राख्दै बहुमतले पारित गरेका छन्। छैठौं जिल्ला सभाबाट जिल्लास्तरीय अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०८२ पारित गरिएको छ। त्यस्तै, नदिजन्य पदार्थ जिल्ला अनुगमन समितिले तयार पारेको “नदिजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री वितरण प्रक्रिया सम्बन्धी कार्यविधि २०८२” पनि अनुमोदन गर्नु भयो।

सभा मार्फत १८ वटै पालिकाको सहयोगमा जिल्ला समन्वय समितिका लागि एकवटा सवारीसाधन (गाडी) खरिद गर्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरिएको छ। साथै, समितिको मौज्दात कोष आगामी आर्थिक वर्ष २०८२/८३ देखि सञ्चालन गर्ने प्रस्ताव र अख्तियारी प्राप्त बजेट शिर्षकअनुसार खर्च गर्न पाउने अनुमोदन पनि गरेका छन् ।

जिल्ला समन्वय समितिले अनुगमनको क्रममा देखिएको अनियमितता तथा कैफियतबारे सम्बन्धित निकायलाई कारवाहीका लागि पत्राचार गर्ने प्रस्ताव पनि बहुमतले पारित गरिएको छ।

सभाका सचिव अमित कुमार यादवका अनुसार कानुनतः वर्षमा एकपटक जिल्ला सभा बस्नुपर्ने व्यवस्था भए पनि तीन वर्षपछि मात्र यो जिल्ला सभा सम्पन्न गरिएको जानकारी दिनुभएको छ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।