२०८२ माघ ६ सोमबार

सोनरनिया स्वास्थ्य चौकीमा महिलामुखी शिविर, व्यापक सहभागिता

राजकुमार यादव
मौलापुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत नि: शुल्क प्रजनन रुग्णता स्वास्थ्यसम्बन्धी निशुल्क शिविर आज (बिहीबार) मौलापुर नगरपालिका–९, सोनरनियामा सम्पन्न भएको छ।

सोनरनिया स्वास्थ्य चौकीमा सञ्चालित उक्त शिविरमा नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्जकी स्त्रीरोग विशेषज्ञ डा. अलका यादवले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या र बाझोपन सम्बन्धी स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्नुभयो।

शिविरको अध्यक्षता मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले गर्नुभएको थियो भने स्वास्थ्य संयोजक अच्छेलाल साहको विशेष उपस्थिति रहेको थियो।

शिविरमा स्थानिय महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। पतौरा प्राथमिक स्वास्थ्य केन्द्रका डा. धिरेन्द्र यादव, सोनरनिया स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा पीएचसीका १० जना स्वास्थ्यकर्मी सहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

स्वास्थ्य शिविरमा उपनगर प्रमुख नागेन्द्र यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, वडा नं. ९ का वडाध्यक्ष श्याम कुमार साह, वडा नं. ७ का वडाध्यक्ष रामपुकार साह लगायत स्थानीय जनप्रतिनिधि र नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।