रौतहटको बंकुलदेखि नरकटिया जाने सडक खण्डमा आज मङ्गलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा परोहा नगरपालिका–७, नरकटिया निवासी रामेश्वर दुसादका अन्दाजी २० वर्षीय छोरा करण पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नरकटियाबाट बंकुल बजारतर्फ जाँदै गरेको बा ५२ प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा दुर्घटना भएको हो। चालक पासवानको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले जानकारी दिएका छन्।










