२०८२ फाल्गुन ६ बुधबार

मदिरा उत्पादक संघको केन्द्रिय अध्यक्षमा पुनः दोश्रो पटक उद्योगपति बैजु बाबरा निर्वाचित ।

रोशन चौधरी
नेपाल मदिरा उत्पादक संघको केन्द्रिय अध्यक्षमा पुनः दोश्रो पटक रौतहटका उद्योगपति बैजु प्रसाद बाबरा निर्वाचित भएका छन् ।
मदिरा उत्पादक संघको काठमाडौंमा आज सम्पन्न भएको पाँचौं अधिवेशन तथा दशौं वार्षिक साधारणसभाले पुनः दोश्रो कार्यकालका लागि संघको अध्यक्षमा बैजु बाबरा निर्वाचित भएका छन् ।

रौतहटको कटहरिया नगरपालिका –८ मा सञ्चालित बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स चिनी उद्योगका सञ्चालक रहेका बैजु प्रसाद बाबरा लगातार दोश्रो पटक नेपाल मदिरा उत्पादक संघको केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यो संगै बाबरा देशभरीको मदिरा व्यवसायीहरुको नेतृत्व गर्न पाउने भएका छन् । उद्योगपति बाबरा मदिरा उत्पादक संघको वर्तमान केन्द्रिय अध्यक्ष रहेका छन् । आज भएको संघको साधारणसभाले बाबराको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चएन गरिएको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, महासचिवमा राजु गुरुङ, कोषाध्यक्षमा फूलसिंह क्षेत्री र सचिवमा अजय प्रजापति चयन भएका छन् ।
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा हरि भण्डारी, किसान धनवत, सन्तोष लामिछाने, किसन साह, आदर्श पन्त र बासुदेव प्रसाईं रहेका छन् । संघको अधिवेशनले नयाँ नेतृत्वलाई आगामी कार्यकालमा मदिरा उद्योगको हकहित संरक्षण, नीतिगत स्पष्टता, उद्योगलाई कर तथा कानूनी दायरामा व्यवस्थित गर्दै सरकारले योगदानको कदर गर्ने वातावरण बनाउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको संघका निर्वाचित अध्यक्ष बैजु बाबराले बताएका छन् ।कार्यक्रममा सहभागी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले राज्य उद्योगी व्यवसायीको हितलाई प्राथमिकतामा राखेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

उनले हाल संशोधनका लागि पठाइएका मदिरा तथा अन्तःशुल्क सम्बन्धी नियमावलीबारे मन्त्रालयस्तरीय छलफल भइरहेको जनाउँदै उद्योगहरूको सहज सञ्चालनका लागि सकारात्मक पहल भइरहेको जानकारी दिए । “संविधान विपरीत तीन तहका सरकारहरूले फरक–फरक कर असूल गर्ने अवस्था अन्त्य हुनुपर्छ। सुरुवाती चरणमै अत्यधिक करको बोझ लगाएर उद्योग निरुत्साहित गर्नुको सट्टा रोजगारी सिर्जना र उत्पादन विस्तारलाई प्रोत्साहन गर्न सरकार अग्रसर छ,” सचिव राउतले स्पष्ट पारे । उनले नेपालमै उत्पादन हुने मदिरा उद्योगलाई प्रोत्साहन गर्ने समय आएको उल्लेख गर्दै कोरिया र जापानजस्ता मुलुकमा घरेलु मदिरालाई प्रोत्साहन गरिएको उदाहरण समेत दिए ।

कार्यक्रमको अध्यक्षता गर्दै संघका अध्यक्ष बैजु प्रसाद बाबराले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले मदिरा उद्योगले देशको राजस्व र रोजगारीमा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि पछिल्ला नीतिगत अवरोधका कारण धेरै उद्योग धरासायी भएको गुनासो गरे। “आवश्यक मात्रामा स्पिरिट आपूर्ति नहुँदा उद्योग नै बन्द हुनुपरेको छ। कर प्रणाली, ब्याजदर र नीतिगत अनिश्चितताका कारण उद्योगी व्यवसायी पलायन हुन थालेका छन्,” अध्यक्ष बाबराले भने। सहभागी उद्योगी–व्यवसायीहरूले समेत कर संकलनको असमानता, संघीय संरचनापछि बढ्दो जटिलता, घरेलु मदिरामा गरिएको नियन्त्रण र विदेशी मदिरासँगको प्रतिस्पर्धा जस्ता विषयमा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।