मधेश तराईको ऐतिहासिक र मौलिक सांस्कृतिक सम्पदा झिझिया लोप हुने अवस्थामा पुगेको छ। दसैं दुर्गा पूजाको अवसरमा महिलाहरूले रातभरि सिरमा मट्कोमा घिउको दियो बालेर गीत नृत्य गर्ने यो परम्परा मधेशका गाउँ बस्तीमा निकै लोकप्रिय थियो।
तर पछिल्ला वर्षहरूमा आधुनिकता, प्रविधिको मोह र सांस्कृतिक चासोको कमी का कारण झिझिया क्रमशः हराउँदै गएको स्थानीय बासिन्दाहरू बताउँछन्। पहिले जहाँ बस्तीभरिका महिलाहरू सामूहिक रूपमा सहभागी हुने गर्थे, अहिले भने यो परम्परा थोरै ठाउँमा मात्र सीमित भएको देखिन्छ।

संस्कृतिविद्हरूका अनुसार झिझिया केवल नाचगान मात्र नभई सामूहिकता, आस्था र सामाजिक एकताको प्रतीक हो। यसलाई जोगाउन सकिएन भने मधेश तराईको मौलिक पहिचानकै महत्वपूर्ण हिस्सा हराउने गम्भीर खतरा बढ्दै गएको छ।
स्थानीय सरोकारवालाहरूले सरकार, सांस्कृतिक संघ संस्था र समुदायबीच सहकार्य गरेर झिझियालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनीहरूका भनाइमा, समयमै पहल नभए मधेश तराईको मुख्य सांस्कृतिक सम्पदा पुस्तौँ पुस्तासम्म पुर्याउन सकिने छैन।










