२०८२ माघ ६ सोमबार

 गरुडा नगरपालिका अन्तर्गतको गरुडा उद्योग वाणिज्य संघ रौतहट अहिले नेतृत्वविहीन जस्तै अवस्थामा पुगेको व्यापारीहरूको गुनासो छ । गरुडा नगर उधोग बाणिज्य संघ रौतहटका अध्यक्ष सतिश साह निर्वाचित भएको करिब दुई बर्ष पुग्न लाग्दा समेत संघमार्फत व्यवसायीहरुको हकहितका लागि ठोस र देखिने खालको काम नगरेको आरोप स्थानीय व्यापारीहरुले लगाएका छन् । अध्यक्ष साहमाथि व्यवसायीहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । निर्वाचनका समयमा व्यापारी समुदायको बीचमा ठूला ठूला प्रतिवद्धता र वाचा गरेका अध्यक्ष साहले त्यसलाई व्यवहारमा उतार्न नसकेको व्यापारीहरुको भनाइ छ ।

नाम नखुलाउने सर्तमा एक जना स्थानीय व्यापारीले भने, “निर्वाचन अघि ठूल्ठूला भाषण दिएर व्यापारीहरूको साथ लिएका साह निर्वाचित भएसँगै मौन बसेका छन् । व्यवसायीहरूको समस्या, संघको विकास र सुशासनप्रति उहाँको कुनै चासो छैन ।” “निर्वाचन अघि उहाँले व्यापारिक भवनलाई दुई तल्ले बनाउने, संघलाई प्रदेशमा दर्ता गराउने, यहाँसम्म आउनका लागि कम्तिमा पक्की सडक बनाउने जस्ता कुराहरू गरेका थिए, तर ती सबै कुरा भाषणमै सीमित भएर गएका छन् ।“ ब्यापारीहरुको भनाइ अनुसार, अहिलेको कार्यसमिति पूर्ण रूपमा निष्क्रिय जस्तै बनेको छ । संघको भवनको हालत पनि उस्तै रहेको छ । पूर्व अध्यक्षको कार्यकालमा जेनतेन गरेर निर्माण गरिएको भवनमा अहिलेसम्म एउटा बोर्डसमेत राखिएको छैन ।

“संघले आयोजना गर्ने कुनै पनि महत्वपूर्ण कार्यक्रम छैन, न त स्थानीय पर्वहरु जस्तै छठ, होली, तिहार, दशैं जस्ता अवसरमा व्यापारीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम नै गरिएको छ,“ व्यापारीले गुनासो गर्दै भने । यति सामान्य काम गर्न नसक्ने नेतृत्वबाट हामीले के अपेक्षा गर्ने ?” समाजका अन्य व्यापारीहरुले पनि यस्ता गतिविधिको अभावले गर्दा उधोग बाणिज्य संघप्रति व्यापारी वर्गको विश्वास कम हुँदै गएको बताएका छन् ।

“संघ भन्ने संस्था व्यापारिक हितको लागि काम गर्ने थलो हो भन्ने बुझाइ नै हराउँदै गएको छ,“ अर्का व्यापारीको भनाइ छ । त्यस्तै, अहिलेका अध्यक्षले न त संघको नियमित बैठक बोलाउने गरेका छन्, न त व्यापारीहरुको समस्याबारे छलफल गर्ने कुनै मञ्च तयार गरेका छन् । संघको नाम मात्र चलिरहेको छ, काम शून्य अवस्थामा पुगेको आरोप उनीहरुकै हो ।

व्यापारीहरुले निकट भविष्यमा संघमा आम सभा वा विशेष बैठक बोलाएर वर्तमान कार्यसमितिको प्रगति विवरण माग गर्ने र आवश्यक परेमा विरोध कार्यक्रम पनि गर्ने चेतावनी दिएका छन् । ”व्यापारीहरूका अनुसार अध्यक्ष साह आफ्नो व्यक्तिगत काममा मात्र केन्द्रित छन् । संघमा आवद्ध सदस्यहरूको अवस्था, आवश्यकतालाई बेवास्ता गर्दै संघको गरिमा घटाउने कार्य भइरहेकाले अब संघभित्र नयाँ नेतृत्वको खाँचो रहेको आवाज उठ्न थालेको छ ।

गरुडा उद्योग वाणिज्य संघ रौतहट जस्तो महत्वपूर्ण संस्था नेतृत्वविहीनतामा जाँदा व्यापारिक क्षेत्र मात्र नभई समग्र नगरको विकास पनि प्रभावित हुने व्यापारीहरूको भनाइ छ । संघका अध्यक्ष सतिश साहले भने यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । हालका गतिविधिहरु र आरोपहरुको बारेमा प्रतिक्रिया लिने प्रयास गर्दा पनि उहाँ सम्पर्कमा आउन सक्नुभएन । अब व्यापारीहरुको चासो यो छ — के उधोग बाणिज्य संघ फेरि व्यवसायीहरुको हकहितको सशक्त मञ्च बन्न सक्छ कि नेतृत्व फेरबदलको बाटोतर्फ उन्मुख हुनेछ ?

बृन्दावन नगरपालिकाको स्वास्थ्य शाखामा लामो समयसम्म सेवा पु¥याएका दुई जना कर्मचारीलाई नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ । अनिवार्य अवकाश प्राप्त गरेका बिष्णु प्रसाद ढुँगेल र बिरेन्द्र साह तेलीलाई नगरपालिकाले सम्मान सहित बिदाई गरेको हो ।स्वास्थ्य शाखामा कार्यरत ढुँगेल बृन्दावन नगरपालिका वडा नं. ७ सखुआवा धमौरा स्थित स्वास्थ्य संस्थामा कार्यरत रहँदा बिरेन्द्र साह तेली भने वडा नं. ८ बिर्ता स्थित स्वास्थ्य चौकीमा कार्यरत थिए ।

दुबै जना कर्मचारीले तीन दशकभन्दा बढीको समय स्वास्थ्य सेवामा बिताएका थिए । इमान्दारिता, समर्पण र निष्ठाका साथ काम गर्दै आएका उनीहरुले क्रमशः ३३ वर्षे सेवा अवधि पूरा गरेपछि अनिवार्य अवकाश प्राप्त गरेका हुन् ।बिदाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले दुबै कर्मचारीप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “तपाईहरुले विभिन्न स्थानमा सेवा पु¥याउँदै बृन्दावन नगरपालिकामा समेत आफ्नो कर्तव्य निर्वाह गर्नुभयो, जुन सराहनीय र प्रेरणादायी छ। नगरपालिकाको तर्फबाट तपाईहरुको योगदानलाई उच्च सम्मानका साथ सम्झनेछौं।

“ साथै उहाँले सेवा निवृत्त जीवन सुखद तथा शान्तिपूर्ण रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । साथै अबको जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु,“ भन्दै उहाँहरूलाई खादा, माला र उपहार प्रदान गर्दै बिदाई गर्नुभयो।स्वास्थ्य शाखाका प्रमुख रास नारायण पटेलले कार्यक्रमलाई सम्बोधन गर्दै सेवाकालमा सँगै बिताएका सम्झनाहरुलाई भावुक हुँदै स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “विसं २०५५ सालदेखि बिष्णु ढुँगेलसँग सहकार्य गर्दै आएको छ ु। आज उहाँ अनिवार्य अवकाशमा जानु भएको सुनेर खुसी र दुःख दुवै अनुभूति भएको छ ।“कार्यक्रमको अध्यक्षता बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले गर्नुभएको थियो।

उहाँले खादा, माला, टीका र सम्मानपत्रका साथै उपहार प्रदान गर्दै दुबै कर्मचारीलाई विदाई गर्नुभयो। साथै प्रमुख प्रशासकीय अधिकृत भुजेलले भविष्यमा पनि अवकाश प्राप्त गर्ने कर्मचारीलाई यसैगरी सम्मानसाथ बिदाई गर्ने परम्परालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन हरिनारायण प्रसाद पटेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य नायब सुब्बा हरि दुलालले राख्नुभएको थियो ।

यस बिदाई कार्यक्रमले बृन्दावन नगरपालिकाले आफ्ना कर्मचारीप्रति देखाउने सम्मान, कदर र सम्बन्धको गहिरो भावनालाई झल्काउने कार्य गरेको छ। साथै, यो कार्यक्रमले वर्तमान र भावी कर्मचारीहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ। यो कार्यक्रमले स्वास्थ्य क्षेत्रमा समर्पित कर्मचारीप्रति कृतज्ञता प्रकट गर्दै, सेवा अवधिमा पु¥याएको योगदानको उच्च सम्मान गरेको छ। बृन्दावन नगरपालिकाको यो अभ्यासले कर्मचारीबीच आपसी सद्भाव र प्रेरणा जगाउने कार्य गरेको देखिन्छ।

रमेश कुमार यादब
चैत ३०, रौतहट
रौतहट जिल्लाको विभिन्न स्थानहरूमा प्रहरीद्वारा गरिएको चेकजाँचको क्रममा कागजात विहीन अवस्थामा फेला परेका पाँच थान मोटरसाइकल र एक थान कार बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट, गौरका अनुसार ती सवारीसाधनहरू आवश्यक प्रक्रिया अघि बढाउन गौर भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार जिल्लाका मुख्य नाका र भीडभाड भएका क्षेत्रहरूमा विशेष निगरानी गर्दै चेकजाँच सञ्चालन गरिएको थियो । सोही क्रममा विभिन्न ठाउँहरूबाट कुनैपनि कागजात नभएका पाँच वटा मोटरसाइकल र एक थान कार नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधन मध्ये मोटरसाइकलको अनुमानित मूल्य करिब साढे तीन लाख रुपैयाँ र कारको मूल्य पाँच लाख रुपैयाँ रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपककुमार रायले हस्ताक्षर गरेको प्रेस नोटअनुसार डिएल सी क्युएस ८२४७ नम्बरको अल्टो कार राजपुर नपा–६, दमार चोकबाट नियन्त्रणमा लिइएको हो । त्यसैगरी, मोटरसाइकलहरू पनि जिल्ला भित्रकै विभिन्न स्थानबाट बरामद गरिएका हुन् ।

बरामद गरिएका सवारीसाधनको मूल्य करिब साढे आठ लाख रुपैयाँको हाराहारीमा पुगेको छ । ती सबै सवारीसाधनहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध सवारी सञ्चालनमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न र कागजातविहीन सवारीको निगरानी गर्न अझ कडा निगरानी बढाउने समेत जनाएको छ ।

यसरी सवारीसाधन चेकजाँचका क्रममा कागजात नभएका साधन नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइनु प्रहरीको सक्रियता र सवारी नियमको पालना सुनिश्चित गर्न गरिएको प्रयासका रुपमा हेरिएको छ । यस घटनासँगै प्रहरीले सर्वसाधारणलाई कागजातविना सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्दै भविष्यमा यस्ता अपरेसनहरू निरन्तर जारी रहने जानकारी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।