२०८२ फाल्गुन २९ शुक्रबार

जनमतका नेता सन्तोष राज र सेलिना कुँवरले गरे ५० लाखको ढलान शिलान्यास ।

धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ तेलियाहा टोलस्थित ५० लाख रुपैयाँको ढलान कार्य सुरु भएको छ । शुक्रबार जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनी र उनकी श्रीमति सेलिना कुँवरले सँयुक्त रुपमा शिलान्यास गरेपछि सडक ढलान कार्य सुरु भएका छन्। 

शहरी विकास मन्त्रालयबाट सहनीले तेलियाहाको लागि ५० लाख रुपैयाँको बजेट ल्याएको बताए । उनले १८ फिट चौडा र २३१ मिटर लम्बाईको आरसिसि ढलान कार्य सुरु भएको बताए । 

तेलियाहाको ज्ञानी दासको घर देखि कलभर्टसम्म आरसिसि ढलान भईरहेको जनाए । स्थानीय व्यक्तिहरुलाई उपभोक्ता समिति बनाएर सो कार्य उपभोक्ता समिति मार्फत भईरहेको बताईएको छ ।

जनचेतना मुलक सन्देश
गढीमाई नगरपालिकाको जनचेतना मुलक सन्देश ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।